Basic Journalism Training Manual

यो  पुस्तिका युने स्को को  “सञ्चारको  विकासकालागि अन्तर्राष्ट्रिय कार्यक्रम” (आई.पी.डी.सी.) को  सहयोगअन्तर्गत युनेस्को   काठमाडौ कार्यालय  र  मिडिया एड्भोकेसी ग्रुपद्वारा  संयुक्त रूपमा आयोजित पत्रकारिता तालिमका लागि तयार  पारिएको  हो  ।
यस पाँच दिने  तालिमले  सहभागी प्रशिक्षार्थीहरूलाई पत्रकारिता, पत्रकार  एवं समाचारका विभिन्न आयामबारे  ज्ञान गराउँदै  समाचार  संकलन तथा लेखन (न्यूज रिपोर्टिङ्) का आधार भूत सीपहरूको  अभ्यासमा जोड दिएको   छ । पत्रकारिता अन्तर्गत विभिन्न कार्यहरू गरिने  भए तापनि समाचार  संकलन  र  समाचार  लेखन  पत्रकारि ताको  आधार शिला मानिन्छ । तसर्थ यो  तालिममा पनि समाचा र  संकलन तथा लेखनको पक्षलाई केन्द्रमा  राखिएको  छ । तालिमका विधि एवं क्रियाकलापको  योजना गर्दा समाचार लाई पत्रकारले   रिपोर्टिङ् (संकलन एवं लेखन) तथा सम्पादन गरी उत्पादन गर्ने   विशेष किसिमको सूचना मानी समाचा र  उत्पादन प्रक्रियामा आवश्यक पर्ने दक्षताको अभिवृद्धि होस् भन्ने कुरालाई ख्याल  राखिएको छ ।
पत्रकारिता बौद्धिक ज्ञान  र  व्यावहारिक सीपको  समुचित संयोजन आवश्यक पर्ने  पेसा हो  । तसर्थ पत्रकारिताका औपचारिक उपाधि प्रदान गरिने  शैक्षिक÷प्राज्ञिक कार्यक्रम तथा तालिम दुवै थरीमा यस्तो  समुचित संयोजन आवश्यक हुन्छ । तथापि तालिम भन्नासाथ व्यावहारिक सीपको  नै  प्रधानता हुन्छ  र  सोहीअनुरूप पत्रकारिताका कुनै  पनि तहका तालिममा सीपमूलक दृष्टिकोण अवलम्बन गरिनु स्वाभाविक मानिन्छ । यस तालिममा पनि सीपमूलक दृष्टिकोण नै  अवलम्बन गरिएको  छ ।

 

Download Now

Publications

News and Events

Articles Published on Online Portals

प्रधानमन्त्रीलाई

Published On:घटना र विचार

राष्ट्रपति कार्या

Published On:घटना र विचार

सम्बन्धविच्छेदमा

Published On:घटना र विचार

women in media

Published On:wow Magazine

‘तेल भिसा’ लाग्

Published On:घटना र विचार-बबिता बस्नेत

View More