Orientation to government officials on RTI

  1. Home
  2. Orientation to government officials on RTI

काठमाडौँ, माघ २६ । सूचनाको हकबारे जान्ने र सदुपयोग गर्ने कला सबै क्षेत्रका व्यक्तित्वहरूले जानेमा धेरै समस्या समाधान गर्न सकिनेमा जोड दिइएको छ ।

बिहीवार मिडिया एडभोकेसी गु्रुप (म्याग)ले युएन वुमनको सहयोगमा आयोजना गरेको विपद्पछिको असुरक्षित वैदेशिक रोजगारी र मानव वेचविखन न्युनिकरणमा सुचना हकको प्रयोगबारे अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा सुचना आयोगका आयुक्त यशोधा तिम्सिनाले सूचना पाउने हक मुलुकको हरेक नागरिकलाई भएपनि सम्बन्धित सरोकार राख्ने क्षेत्रको भन्दा पनि फरक क्षेत्रको सुचना लिने बानीका कारण नेपालीले सूचनाको हकको सदुपयोग वा कार्यान्वयनमा सफलता पाउन नसकेको बताए ।

उनले सूचना आयुक्तको जिम्मेवारी सम्हालेपछि विभिन्न स्थानको भ्रमण गर्दा गरेको अनुभवबारे चर्चा गर्दै सबै नेपालीलाई राजनीति क्षेत्रको मात्र बढि चासो रहने र आफूले गनुपर्ने काम र व्यवसायको
वृत्ति विकासको लागि उपलब्ध सुचनाबाट भने वेखबर रहेको पाइएको बताए ।

म्यागका अध्यक्ष बविता बस्नेतले सबैभन्दा ठूलो आत्मविश्वास सूचनाबाट नै पाउने भएकोले म्यागले सुसुचित गर्ने कामलाई अभियानकै रूपमै अगाडि बढाएको बताए ।

सो अवसरमा संविधान विज्ञ काशीराज दाहालले विश्वमा अवैध रूपमा काममा लगाईएका कामदारबाट ठूलो धनराशी कमाईरहेको (वार्षिक एकसय पचहत्तर अरब अमेरिकी डलर) अहिलेको सन्दर्भमा वैदेशिक रोजगारीका नाममा गरिने मानववेचविखन तुरून्तै रोक्न त मुस्किल नै हुन्छ, यस्ता ठगि व्यवसाय सञ्चालन गर्ने ठुलै सब्गठनको जालो हुन्छ, तर वैदेशिक रोजगारीका बारेमा सुचना राम्ररी लिने वा पाउने चेष्टा गरेमा भने न्युनिकरण गर्न गाह्रो हुन्न भने ।

उनले राम्रो कमाई हुन्छ भन्दैमा त्यसबारेमा नबुझि विदेश जाने प्रवृत्ति त्याग्नुपर्नेलगायत जुनसुकै काममा पनि आवश्यक सुचना प्राप्त गर्न नै सिक्नुपर्छ भने ।

त्यसैगरी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सूचना अधिकृत डोरेन्द्र निरौलाले वैदेशिक रोजगारीमा गएर विभिन्न यौनजन्यलगायत घरेलु हिंसामा परेका पीडितका लागि राज्यले दश
जिल्लामा राष्ट्रिय पुनस्थापना कोषको स्थापना गरेको छ, यस सम्वन्धी सूचना पनि सबैलाई नहुन सक्छ, यस सम्वन्धी पनि सुचित हुन जरूरी छ, भन्दै अहिले वैदेशिक रोजगार ऐन र मानव वेचविखन सम्वन्धी ऐन संसोधनको तयारीमा रहेकोले यस्ता शीर्षकमा आयोजना गरिएको कार्यक्रमले ऐन संसोधानमा समेत सहयोग पुग्ने विचार गरे ।

कार्यक्रममा अधिवक्ता नविन श्रेष्ठले विपद्पछि वैदेशिक रोजगारको नाममा बढेको मानव वेचविखनलगायत यसको जालो रूपमा रहेको समस्याबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

http://shikharnews.com/2018/02/09/50264/

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name :
Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]