पुरुष सरह महिला राजनीतिकर्मीले पाउदैनन् मिडिया कभरेज

  1. Home
  2. पुरुष सरह महिला राजनीतिकर्मीले पाउदैनन् मिडिया कभरेज

बुटवल, पुरुष सरह आफ्ना कुरा संचारमाध्ययममा आउन नसकेको लुम्बिनीका महिला राजनीतिकर्मीहरुले बताएका छन् । यसले गर्दा आफ्नो भूमिका ओझेलमा परेको उनीहरुले टिप्पणी गरे।
युएन वमन र मिडिया एडभोकेसी गुपले मंगलबार बुटवलमा आयोजना गरेको मिडियामा महिला राजनीतिकर्मी परामर्श कार्यक्रममा सहभागीहरुले महिलाले गरेका सकरात्मक भन्दा नकरात्मक कुरालाई संचारमाध्ययमले प्राथमिकता दिने र नकरात्मक टिप्पणी गर्ने गरेको बताए ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री भगवती अधिकारीले महिला भएकै कारण जनप्रतिनिधि र राजनीतिकर्मीका रुपमा गरेका कामको समेत मिडिया कभरेज नहुने बताउनुभयो । कांग्रेस प्रमुख सचेतक जमुना ढकालले मिडियाले महिला राजनीतिकर्मीलाई कमजोर चित्रण गर्ने, महिलाका विषयबाहेक साझा विषयमा महिलालाई स्थान नदिने र महिलाको योग्यताबारे शंका गर्ने गरेको टिप्पणी गर्नुभयो ।

प्रदेश सभा सदस्य जानकी न्यौपानेले महिला प्रमुख अतिथि भएपनि समाचारमा पुरुष सरह स्थान नदिने बताउनुभयो । प्रदेश सभा सदस्य हेमा बेल्वासे केसीले महिलाहरुलाई व्यक्तिगत एवं पारिवारिक टिप्पणी गर्ने कमजोर र कसैको पत्नी वा छोरीको रुपमा मात्र चित्रण गर्दा आफूहरु निरुत्साहित हुने बताउनुभयो । प्रदेश सभा सदस्य शान्ति लोधले आफू दलका प्रमुख सचेतकबाट हेपिदा भने मिडियाबाट सहयोग पाएको बताउनुभयो ।

स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरु अहिले कार्यकारी भूमिकामा छन् । योजना तर्जुमा, राजश्व , न्यायपालिका र योजना अनुगमन जस्ता महत्वपूर्ण काम उनीहरले निभाएका छन् । तर महिला भएकै कारण उपप्रमुख र उपाध्यक्षका कामलाई मिडियाले प्राथमिकता नदिएको उनीहरुले दुखेसो पोखे । बुटवल उपमहानगर प्रमुख सावित्रादेवी अर्यालले महिला भएकै कारण उपप्रमुखले गर्ने काम र भूमिकाको मिडियामा खासै चर्चा नहुने बताउनुभयो । देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुड.ले महिला भएकै कारण पदिय दायित्व निभाएका कुरा समाचार नबन्ने तर चरित्र र अनावश्यक व्यक्तिगत कुरा मिडियामा आउदा दुख लाग्ने बताउनुभयो । सैनामैना नगरपालिका उपप्रमुख विना रानाले उपप्रमुखले गर्ने काममा पनि प्रमुखको भनाइ राखेर समाचार आउदा अचम्म लाग्ने बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले महिला राजनीतिकर्मीले गर्ने काम र एजेन्डा भन्दा पनि निजी जीवन र चरित्रसँग सम्बन्धित विषयलाई धेरै मिडियाले प्राथमिकता दिने गर्दा राम्रा संचारमाध्ययमप्रति पनि नैराश्यता जागेको गुनासो गर्नुभयो ।

परामर्श कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका उपप्रमुख र राजनीतिक दलका महिला सहभागी थिए । उनीहरुले महिलाले गर्ने काम र एजेन्डा भन्दा पनि निजी जीवन र चरित्रसँग सम्बन्धित विषयलाई धेरै मिडियाले प्राथमिकता दिने गर्दा राम्रा संचारमाध्ययमप्रति पनि नैराश्यता जागेको गुनासो गरे । यस्तोमा महिलाहरुले गरेका काम र कामको परिणामलाई पनि प्राथमिकता दिन उनीहरुले आग्रह गरे ।
कार्यक्रममा परामर्श गर्दै वरीष्ठ पत्रकार बबिता बस्नेतले संचारमाध्ययममा आउने तरिका र आफूले गरेका कामको ब्रान्डीड गर्न राजनीतिकर्मी महिलाहरुलाई आग्रह गर्नुभयो । लेखक तथा सहजकर्ता उमेश पोखरेलले मिडिया र महिला राजनीतिकर्मीबीच समन्वय र सहकार्य पनि बढाउनुपर्ने बताउनुभयो ।

परामर्श कार्यक्रममा राजनीतिकर्मी महिलाहरुले सामाजिक व्यक्तित्व निर्माण, कामको ब्रान्डीड। मिडिया पैरवी लगायतका बारेमा अनुभव आदान प्रदान तथा परामर्श गरेका थिए । जहाँ संविधान सभा सदस्य सोनिया यादव, पूर्व प्रदेश सभा सदस्य रमा अर्याल, राजनीतिकर्मी रीता सेन, सावित्रा घिमिरे, विजयलक्ष्मी यादव , अनिता चौधरी लगायतका कहिलाले मिडियामा महिलाका विषय र आफ्नो अनुभव सुनाएका थिए । राजनीतिकर्मी महिलाको निजी जीवन र चरित्रसँग सम्बन्धित विषयलाई भन्दा महिलाले गर्ने काम र एजेन्डालाई प्राथमिकता दिन सामूहिक रुपमा पैरवी गर्नुपर्ने निश्कर्ष निकालेका थिए ।

https://lumbinireview.com/2025/09/02/8530/

https://www.facebook.com/rajyahd/videos/1539381357472486

 

 

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name : Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]