शारदानगरमा मतदाता शिक्षा कार्यक्रम

  1. Home
  2. शारदानगरमा मतदाता शिक्षा कार्यक्रम

शारदानगर । भरतपुर–१९ शारदानगरमा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम गरिएको छ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर शहीद स्मारक कलेजमा कार्यक्रम गरिएको हो ।

महिला, कानुन र विकास मञ्च(एफडब्लुएलडी ) र मिडिया एड्भोकेसी ग्रुप(एमएजी)को संयुक्त आयोजनामा ६५ जना महिला तथा पुरूषहरुलाई मतदाता शिक्षा दिइएको हो । उनीहरुलाई मतपत्रबारे जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचारसंहिता, मतदाताको अधिकार, मतदान गर्न जाँदा अपनाउनुपर्ने सावधानीलगायत विषयमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मिडिया एड्भोकेसी ग्रुपकी निर्देषक बबिता बस्नेतले निर्वाचन सार्थक बनाउन मतदाता जागरण हुनु त्यति नै आवश्यक रहेको बताइन् ।

मतदाता शिक्षाले निर्धक्क भएर आफूले चाहेको वा रोजेको उमेदवारलाई मतदान गर्न सजिलो हुने र यसले मतदातामा निर्वाचनप्रति अपनत्व पनि बढाउनुको साथै मत बदर न्यूनीकरण भई निर्वाचनप्रति उत्साह थपिने उनले बताइन् । मतदाता जागरणले निर्वाचनमा मतदाताको सहभागिता बढाउने र स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित सौहार्द वातावरणमा निर्वाचन सम्पन्न हुने उनको भनाइ थियो ।

कार्यक्रमको सहजीकरण गर्दै मिडिया एड्भोकेसी ग्रुपकी सदस्य सिर्जना अर्यालले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मतदान गर्ने, मतपत्र पट्याउनेलगायत विभिन्न तरिका सिकाइएको बताइन् । कार्यक्रममा सहभागीहरुलाई मतदानबारे अभ्यासका लागि नमुना मतदान गराइएको थियो । मतदान गर्ने सही तरिका सिकाउन, मतपत्र बदर हुन नदिन र मतदान गर्ने समय निर्धारण गर्न नमुना मतदान अभ्यास गरिएको उनले बताइन् ।

कार्यक्रममा विपन्न,दलित तथा आदीवासी,जनजाती महिलाहरूको उपस्थिती रहेको थियो।https://www.chitwanpost.com.np/20260301-44324

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name : Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]