‘पुरुष नेताको भाषणले मिडियामा बढी प्राथमिकता पाउँछ

  1. Home
  2. ‘पुरुष नेताको भाषणले मिडियामा बढी प्राथमिकता पाउँछ

काठमाडौँ, मङ्सिर २८ गते । मिडिया एडभोकेसी ग्रुप (म्याग)ले महिला राजनीतिक नेता र पत्रकारसँगको परामर्शको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ ।

आइतबार म्यागले मिडिया कम्प्याक्ट र यसको कार्यान्वयन विषयमा अभिमुखीकरण कार्यक्रम गर्दै बागमती, लुम्बिनी र गण्डकी प्रदेशका महिला राजनीतिक नेता र पत्रकारसँगको परामर्शको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो ।

कार्यक्रममा म्यागका उमेश पोखरेलले प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै उक्त अध्ययनले महिला राजनीतिक नेताले मिडियाले समाचारको लागि पुरुषको तुलनामा कम प्राथमिकता दिने गरेको पाइएको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ,“ केही महिला नेताले मिडियाले महिला नेताले भनेको कुरा हल्का रुपमा लिने। यदि पुरुष नेता र महिला नेता एउटै कार्यक्रममा बोल्दा पनि पुरुष नेताको भाषणले मिडियामा बढी प्राथमिकता पाउँछ भन्ने गुनासो गर्नुभएको थियो ।”

उक्त निष्कर्ष अनुसार महिला नेताले लगाएको लुगा, लवज, रूप वा पारिवारिक कुरा वा अन्य विवादको विषयमा मिडियाले बढी प्राथमिकता पाउँछन् ।

निष्कर्षले “पार्टी भित्र पनि बोल्ने भूमिका कममात्र दिने र मुख्य मुद्दामा पुरुष नेतालाई अगाडि सार्ने र सामान्य मुद्दामा मात्र महिलाले अवसर पाउने गर्दा पनि मिडियामा कम प्राथमिकता दिएको गुनासो गरेका छन् ।” देखाएको छ ।

निर्वाचनको बेलामा महिला नेताको विषयमा मिथ्या सूचना बढीमात्र सम्प्रेषण हुने उक्त नतिजाले देखाएको छ । उक्त नतिजा अनुसार अनलाइन माध्यमबाट महिला नेताका चरित्रहत्या हुने खालका  समाचारले बढी स्थान पाउने गरेका छन् ।

वक्ताले महिला राजनीतिकर्मीलाई लक्षित गरी अनलाइनमा लेखेका समाचारले लैङ्गिक पूर्वाग्रहीका गलत सूचना, घृणात्मक अभिव्यक्ति र डिजिटल आक्रमण भएकोले उहाँहरूको सुरक्षा, मर्यादा र सार्वजनिक जीवनको स्वतन्त्र सहभागितामा जोखिम उत्पन्न गरिरहेको तर्फ चिन्ता व्यक्त गरेका थिए ।मिडिया एडभोकेसी ग्रुपकी पूर्व अध्यक्ष बबिता बस्नेतले सञ्चारमाध्यमलाई महिला राजनीतिकर्मी लक्षित लैङ्गिक–-उत्तरदायी कसरी बनाउने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यक्रम मिडिया एडभोकेसी ग्रुपको आयोजनामा तथा यूएन वुमनको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा सञ्चारकर्मी, सरोकारवाला संस्था तथा विज्ञले महिला राजनीतिकर्मी लक्षित, निष्पक्ष, लैङ्गिक उत्तरदायी तथा जवाफदेही समाचार सङ्कलन लेखन, प्रकाशन तथा प्रसारण गर्ने प्रतिवद्धता जनाएका थिए ।

https://gorkhapatraonline.com/news/183783

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name : Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]