Digital and Media Literacy for Women Politicians

  1. Home
  2. Digital and Media Literacy for Women Politicians

काठमाडौँ, असार १९ गते । राजनीतिमा सक्रिय महिला राजनीतिकर्मीहरुले आफ्नो राजनीतिक जीवनलाई सबल बनाउन डिजिटल साक्षरतासम्बन्धी ज्ञान हुनै पर्नेमा जोड दिइएको छ । मिडिया एड्भोकेसी ग्रुप तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको महिला राजनीतिकर्मीमा लागि डिजिटल तथा मिडिया साक्षरता विषयक अन्तरक्रियामा सहभागीहरूले डिजिटल साक्षरताको ज्ञान अहिलेको जमाना अनुसार जरुरी रहेको औँल्याउनुभएको हो ।

डिजिटल साक्षरताको अभाव हुँदा महिला राजनीतिकर्मीले अनेकन् झमेला बेहोर्नु परेको अनुभव सो अन्तरक्रियामा साट्नुभयो । म्यागका निर्देशक बबिता बस्नेतले डिजिटल हिंसा र अनलाइन हिंसा फरक विषय रहेको जानकारी गराउँदै अनलाइन हिंसाको उजुरीमार्फत कारबाही गर्न सकिने कानुनी व्यवस्था नेपालमा रहेको बताउनुभयो ।

महिला राजनीतिकर्मीले आफ्नो निजी र सार्वजनिक जीवनका विषयहरूलाई सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत अभिव्यक्त गर्दा सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महिला भएकै कारण कमजोर सोचेर सामाजिक सञ्जालमा पासो थाप्नेहरूको सङ्ख्या उच्च रहेकाले महिला राजनीतिकर्मीले त्यसबाट जोगिँदै आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्नु पनि उहाँले सुझाउनुभयो ।

डिजिटल मिडियामा कस्ता विषयहरू हेर्ने र कुन कुरा सही हो भनेर खट्याउन कठिन रहेको उदाहरण प्रस्तुत गर्दै पत्रकार नितु पण्डितले त्यस्ता सामग्रीको तथ्य पहिचान गरेरमात्र सेयर, लाइक र कमेन्ट गर्नुपर्ने जानकारी गराउनुभयो ।

सहभागीहरूले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा राजनीतिकर्मी महिलाको व्यक्तिगत गोपनीयतासमेत भङ्ग हुनेगरी लाञ्छनाहरू लगाइने गरेकाले त्यसबाट बच्ने उपायहरूका बारेमा थप बहस हुनुपर्नेमा जोड दिनुभयो ।

महिला राजनीतिकर्मीहरू पनि आम महिलाले झैँ सामाजिक, सांस्कृतिक, आर्थिक तथा व्यक्तिगत संवेदनशीलतायुक्त प्रलोभनमा सामाजिक सञ्जालमार्फत फस्ने गरेको पाइएकाले सतर्क रहेर गतिविधि गर्नुको विकल्प नरहेको निष्कर्ष छलफलले निकालेको थियो ।

महिला राजनीतिकर्मी समाजलाई डोर्‍याउने व्यक्तित्व भएकाले पनि अन्याय भएको खण्डमा सहनेभन्दा कानुनी उपचारमा जान हिचकिचाउन नहुने सुझाव छलफलका क्रममा प्रस्तुत गरिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत अधिकांश राजनीतिक दलमा सक्रिय महिला राजनीतिकर्मीहरूको सहभागिता रहेको थियो ।
साभार – गोरखापत्र अनलाइन

https://gorkhapatraonline.com/news/114421

https://www.imagekhabar.com/news/478578/

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name :
Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]