

यो पुस्तिका युने स्को को “सञ्चारको विकासकालागि अन्तर्राष्ट्रिय कार्यक्रम” (आई.पी.डी.सी.) को सहयोगअन्तर्गत युनेस्को काठमाडौ कार्यालय र मिडिया एड्भोकेसी ग्रुपद्वारा संयुक्त रूपमा आयोजित पत्रकारिता तालिमका लागि तयार पारिएको हो ।
यस पाँच दिने तालिमले सहभागी प्रशिक्षार्थीहरूलाई पत्रकारिता, पत्रकार एवं समाचारका विभिन्न आयामबारे ज्ञान गराउँदै समाचार संकलन तथा लेखन (न्यूज रिपोर्टिङ्) का आधार भूत सीपहरूको अभ्यासमा जोड दिएको छ । पत्रकारिता अन्तर्गत विभिन्न कार्यहरू गरिने भए तापनि समाचार संकलन र समाचार लेखन पत्रकारि ताको आधार शिला मानिन्छ । तसर्थ यो तालिममा पनि समाचा र संकलन तथा लेखनको पक्षलाई केन्द्रमा राखिएको छ । तालिमका विधि एवं क्रियाकलापको योजना गर्दा समाचार लाई पत्रकारले रिपोर्टिङ् (संकलन एवं लेखन) तथा सम्पादन गरी उत्पादन गर्ने विशेष किसिमको सूचना मानी समाचा र उत्पादन प्रक्रियामा आवश्यक पर्ने दक्षताको अभिवृद्धि होस् भन्ने कुरालाई ख्याल राखिएको छ ।
पत्रकारिता बौद्धिक ज्ञान र व्यावहारिक सीपको समुचित संयोजन आवश्यक पर्ने पेसा हो । तसर्थ पत्रकारिताका औपचारिक उपाधि प्रदान गरिने शैक्षिक÷प्राज्ञिक कार्यक्रम तथा तालिम दुवै थरीमा यस्तो समुचित संयोजन आवश्यक हुन्छ । तथापि तालिम भन्नासाथ व्यावहारिक सीपको नै प्रधानता हुन्छ र सोहीअनुरूप पत्रकारिताका कुनै पनि तहका तालिममा सीपमूलक दृष्टिकोण अवलम्बन गरिनु स्वाभाविक मानिन्छ । यस तालिममा पनि सीपमूलक दृष्टिकोण नै अवलम्बन गरिएको छ ।